Websoft University

बसको ठक्करबाट पैदलयात्री घाईते


झापा, भाद्र २४ गते।  रातो  तारा  डट कम,झापाको शिवसताक्षी नगरपालिका- ८ पश्चिम बस स्टेन स्थित पूर्व पश्चिम राजमार्गमा बसको ठक्करबाट पैदलयात्री घाईते भएका छन् । आज अपरान्ह १२ बजेको समयमा पूर्व बाट पश्चिम तर्फ जादै गरेको को १ ख ६६९० नम्बरको बसले पैदल यात्री सोही स्थान बस्ने बर्ष ६० को जदपति प्रसाद साह लाई ठक्कर दिई दुर्घटना भएको थियो । घटनाको जानकारी पाउनासाथ घटनास्थलमा खटिएको ईलाका प्रहरी कार्यालय झिलझिलेको प्रहरी टोलीले दुर्घटनामा परेर गम्भीर घाईते भएका साहलाई उपचारको लागी लाईफ लाईन अस्पताल दमक पठाएको थियो । बस र बस चालक जिल्ला मोरङ बेलबारी नगरपालिका-१ बस्ने बर्ष ३८ को बिनोद गुरुङलाई प्रहरी चौकी केर्खाले नियन्त्रणमा लिएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.