Websoft University

जंगलको वन फँडानी गर्ने काम अइौ रोकिएन


काठमाण्डौ भाद्र २५ गते । रातो तारा डट कम,महाभारत संरक्षण अभियानको तथ्यांक अनुसार डडेल्धुराको महाभारत जंगल क्षेत्रवाट दैनिक ३ सय देखि ४ सय साना ठूला रुख फँडानी भइरहेको छ । वन डिभिजन कार्यालयको आदेशमा सवैभन्दा वढी सल्लाका रुख फडानी भइरहेका छन् भने उपभोक्ताले तरकारी खेती र अन्य घरायसी प्रयोजनका लागि पनि दैनिक ठूलो सङ्ख्यामा रुख काट्ने गरेका छन् । वनकर्मी, उपभोक्ता र सामुदायिक वनका पदाधिकारी यसबारेमा जानकार हुँदाहुँदै पनि वन फडानी जारी रहेको महाभारत वनसंक्षण अभियानका सदस्य राजेन्द्र जोशीको गुनासो छ । सरकारले संरक्षित घोषणा गरेका अरू ६ वटा वन क्षेत्रमा वर्षौँदेखि संरक्षणका कार्यक्रम सञ्चालनमा आएका छन् । तर प्रभावकारी नहुँदा वनमा चोरी पैठारी बढेको छ । वन डिभिजन प्रमुख बिष्णु आचार्य भने महाभारत संरक्षणका लागि दीर्घकालीन प्रयास सुरु भएको दावी छ । जिल्लाको कुल १ लाख १५ हजार हेक्टर वनमध्ये ५३ हजार १४ हेक्टर क्षेत्रफल महाभारत वन क्षेत्रले ओगटेको छ । यसको ४२ हजार हेक्टरमा रूखबिरुवा, झाडी र बांँकी खुला क्षेत्र छ । महाभारत वन क्षेत्र नै मध्यपहाडी भूभागमा पानीको मुख्य स्रोत हो । तर बढ्दो कटान र फडानी रोक्नका लागि सरोकारवाला निकायको ध्यान जान सकेको छैन ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.