Websoft University

वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा गैरे निर्वाचित



काठमाण्डौ असोज ९ गते । रातो तारा डट कम,नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा विष्णुप्रसाद गैरे निर्वाचित हुनुभएको छ । प्रतिस्पर्धी सरोजकुमार पोखरेललाई ४७ मतले पछि पार्दै गैरे अध्यक्षमा निर्वाचित हुनुभएको हो । निर्वाचित गैरेले तीन सय ३० मत प्राप्त गर्नुभएको थियो भने पराजित पोखरेलले दुइ सय ८३ मत प्राप्त गर्नुभएको थियो ।

संघको २७ औं साधारणसभा अन्तर्गत गएराति सम्पन्न निर्वाचनमा गैरेले कांग्रेस निकट नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमको तर्फबाट अध्यक्षमा उम्मेदवारी दिनुभएको थियो भने पोखरेलले सत्तारुढ नेकपा र समाजवादी पार्टी निकट व्यवसायीका तर्फबाट उम्मेदवारी दिनुभएको थियो । 

संघमा लोकतान्त्रिक समूहको ‘प्यानल’ नै विजयी भएको हो । निर्वाचित प्रथम उपाध्यक्षमा कमल तामाङ, द्वितीय उपाध्यक्षमा कमलदेव मल्ल, तृतीय उपाध्यक्षमा किशोरकुमार केसी, महासचिवमा सुजित श्रेष्ठ, सचिवमा मेगनाथ भुर्तेल र कोषाध्यक्षमा इन्दिरा गुरुङ निर्वाचित भएका छन् । यस्तै सदस्यमा दिनेशकुमार रावल, कर्णराज कटुवाल, सुरेन्द्र अर्याल, हर्कबहादुर लिम्बू, विजय लामा, बाबुलाल मगर, केवशराज न्यौपाने, छविलाल भट्टराई, जङ्गबहादुर इजम र लक्ष्मण पौडेलले पनि जित हासिल गरेका छन् । 

निर्वाचनमा ६ सय २१ प्रतिनिधिले मतदान गरेका थिए । निर्वाचनमा सहभागी हुन ६ सय ५८ प्रतिनिधिले नाम दर्ता गराएका थिए । म्यानपावर धरौटी बढाएसँगै आठ सय ५४ म्यानपावर कम्पनी कायम भए पनि एक सय ९६ कम्पनी निर्वाचन प्रक्रियामा नै सहभागी भएका थिएनन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.