Websoft University

प्रहरीले अव गलत सुचना दिने लाई पनि कायर्वाहीकको घेरामा राख्ने


काठमाण्डौ भाद्र २८ गते । रातो तारा डट कम,रौतहट प्रहरी प्रशासनले अनावश्यक रुपमा गलत सूचना दिए कारवाही गर्ने चेतावनी दिएको छ । बच्चा चोरी भएको भन्दै प्रहरीमा झूटो खबर धेरै आउन थालेपछि प्रहरीले कारवाही गर्ने चेतावनी दिएको हो । 

केही दिनदेखी रौतहटका विभिन्न स्थानमा बच्चा चोरी, अपहरण गर्ने समुह प्रवेश गरेको तथा बच्चा चोर्ने प्रयास गरिरहेको लगायतका कुरा प्रहरीमा आउने गरेको छ । तथ्यहिन, भ्रम र त्रास फैलाउने सूचना बढेपछि बढेपछि जिल्ला प्रहरी कार्यालयले सार्वजनिक सूचना नै निकालेर त्यस्तो अफवाह फैलाउनेलाई कडा कारवाही गर्ने चेतावनी दिएको हो ।

गलत सूचनाका कारण थुप्रै निर्दोष व्यक्ति पीडित बनेको घटना स्मरण गराउँदै नागरिकलाई सचेत हुन पनि प्रहरीले आग्रह गरेको छ । प्रहरीले यस्तो भ्रामक सूचना आउनेक्रम बढ्दो रहेको र घटनास्थलमा पुग्दा स्थानीयले कहिले उखुबारीमा लुकेको, कहिले भागेको भन्ने लगायतका कुरा बताउने गरेको प्रहरीको भनाई छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.