Websoft University

कोशेली महोत्सव असोज १० गते देखि १४ गते सम्म बिराटनगरमा लाग्ने


काठमाण्डौ भाद्र २४ गते । रातो तारा डट कम,मुख्य प्रायोजक सेन्चूरी मसला र सह–प्रायोजकमा सिर्जना फाईनान्स रहने गरी राष्ट्रको आर्थिक वृद्धिमा सहयोग गरौं, स्वदेशी उत्पादनको प्रयोग भन्ने नाराका साथ कोशेली महोत्सव असोज १० गते देखि १४ गते सम्म बिहान १० बजे बाट सुरु भइ बेलुका ७ सम्म रहने गरी स्थानिय जैन भवन लाग्ने भएको
छ ।
कोसेली महोत्सव २०७६ को उद्देश्य ः घरेलु तथा कुटिर उद्योगहरुद्धारा उत्पादित वस्तुको व्यापार प्रबद्र्धन, महिलाद्धारा संचालित उद्योगबाट उत्पादित वस्तुको वजार पहुच,नया उत्पादन वारे जानकारी, उत्पादक र उपभोक्ता वीच सम्वन्ध विस्तार, कृषि, औद्योगिक तथा पर्यटन क्षेत्रको विकास, अर्गे्निक वस्तुको उत्पादन र उपभोगमा जोड,दिदै महिला तथा युवाहरुमा उद्यमशिलता विकासमा सघाउ पुगाउने उदेश्यले यो आयोजना गरिएको जनाइएको छ ।

प्रदर्शनमा हुने वस्तुः औद्योगिक उत्पादनहरु, हस्तकलाका सामाग्रिहरु, सिलाई कढाईका वस्त्रहरु, जुता चप्पलहरु, ढाका तथा उनीका न्यानो कपडाहरु, अर्गे्निक खाद्य वस्तुहरु, श्रृगारका साधन, सूचना प्रविधि घरायसी सामाग्रिहरु, विभिन्न किसीमका खानाका परिकारहरु
समेत प्रदर्शनमा राखिने भएकोछ ।

महोत्सवको विशेष आकर्षणका रुपमा अर्गानिक उत्पादन, खानाको विभिन्न परिकार तथा सांस्कृतिक कार्यक्रम समेतले प्रदर्शनलाई सजाइने भएकोछ । प्रदर्शका लागि सहयोग पुग्ने ः आफ्नो उत्पादनको व्यापार प्रवद्र्धन तथा सूचना प्रवाह, नया उत्पादनबारे जानकारी गराउन र युवा तथा महिलाहरुको उद्यमशिलता विकासमा टेवापुग्ने गरी उत्पादक र उपभोक्ता बिचको सम्वन्ध बिस्तार, गर्दै व्यापार व्यावसाय व्यवस्थित बनाएर बितरण मुखि बनाउने कुराको जानकारी गराइएकोछ ।

स्टलको आकार र संख्या आद्योगिक, घरेलु तथा साना उद्योग र पनाइएmुड स्टल गरी १०×१० का ११२ स्टल हरु ससुल्क रहने छन, भने अन्य सुबिधाहरु पनि रहने भएका छन । लगायतका क्षेत्रको प्रवद्र्धनमा सघाउ पुग्ने अपेक्षा गरिएको छ । अतमाः कोसेली महोत्सव २०७६ सफल पार्न तपाईहरु सबैको सहयोगको अपेक्षा गर्दछौं ।

कोसेली महोत्सव कोसेली महोत्सव समारोहका संयोजक मनोज विक्रम शाह, र गिरिजा सारडा, आज भएको भेटघाट समारोहमा सबै संग सहयोगको अपेक्षा गरेको बताएका छन ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.