Websoft University

रोज आश्मा र आशिष आँचलको प्रेम ‘एकान दुई कान मैदान,गीत

काठमाण्डौ भाद्र २५ गते । रातो तारा डट कम,गायक आशिष सचिन गौतम र मेलिना राईको ‘एकान दुई कान मैदान’ बोलको गीत सार्वजनिक भएको छ। भद्रगोलका काकु अर्थात दीपक आचार्यको निर्देशन तथा गम्भिर विष्टको कोरियोग्राफी रहेको गीतमा गायक आशिषसँगै सरोज खनाल अभिनेत्री आँचल शर्मा, सरोज अधिकारी, आश्मा विश्वकर्मा, पवन माकुरीको अभिनय रहेको छ ।

हिमान्शु रायमाझीको शब्द रहेको गीतमा भिम विसीको संगीत रहेको छ। उदयराज पौडेलको संगीत संयोजन रहेको गीतको भिडियोलाई अर्जुन तिवारीले खिचेका हुन्।  म्युजिक भिडियोलाई जीवन थापाले सम्पादन गरेका छन् ।
फिल्मी शैलीमा तयार भएको म्युजिक भिडियोलाई दर्शकले सकारात्मक प्रतिक्रिया दिदै निकै रुचाएका छन्। आफ्नो हरेक म्युजिक भिडियोलाई स्तरीय र राम्रो बनाउन आफू हरसमय प्रयासरत रहेकोले यो गीतमा पनि आफूले राम्रो मिहेनत गरेको निर्देशक आचार्यको भनाई रहेको छ ।

निकै महंगा कलाकारहरु भेला पारेर तयार पारेका गीत भन्दै खर्च कति गर्नु भयो भन्ने पत्रकारहरुको जिज्ञासाको जवाफ दिदै गायक आशिष सचिनले  आफूले बजेट भन्दा पनि राम्रो म्युजिक भिडियो उत्पादनमा आवश्यक खर्च गरेको बताए। उनी अघि थप्छन्, फेरि भिडियो राम्रो बनाउने नाममा धेरै पैसा खर्च गर्न पर्छ भन्ने छैन। कन्टेन राम्रो भएमा सिर्जना आफै राम्रो बन्छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.