Websoft University

शिक्षक लाइसेन्सको परिक्षा तीनवटै तहको परिक्षा केन्द्र ५२ जिल्लामा तोकियो


काठमाण्डौ असोज ५ गते । रातो तारा डट कम,शिक्षक सेवा आयोगले अध्यापन अनुमतिपत्र अर्थात शिक्षक लाइसेन्सको परिक्षाको तयारी अन्तिम चरणमा पु¥याएको कुरा जनाएकोछ । यसै महिनाको ९, १० र ११ गते हुन लागेको प्राथमिक, माध्यामिक र निम्नमाध्यामिक तहको लाइसेन्स परिक्षाको तयारी अन्तिम चरणमा पुगेको आयोगले जनाएको हो । 

प्राथमिक तहमा करिब ७६ हजार, माध्यामिक तहमा ६५ हजार र निम्नमाध्यामिक तहमा एक लाख १५ हजार भन्दा बढीले परिक्षामा सहभागि हुनका लागि आवेदन दिएका छन् । तीनै तहमा गरि दुई लाख ६० हजार परिक्षार्थीले सहभागि हुनका लागि आवेदन दिएको आयोगका प्रमुख प्रशासकिय अधिकृत डाक्टर तुलसी थपलीयाले सीआइएनलाई जानकारी दिनुभयो । 

यसपटकको परिक्षा यसअघि भन्दा भिन्न तरिकाले हुन लागेको थपलियाको भनाई छ । पहिलोपटक, ७७ वटै जिल्लाका जुनसुकै ठाउँ र विदेशबाट समेत अनलाइनबाटै फारम भर्ने व्यवस्था गरिएको छ भने तीनवटै तहको परिक्षा केन्द्र ५२ जिल्लामा तोकिएका छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.