Websoft University

स्थानिय संन्चारकर्मी र नागरिक समाज संग सेनाले आज बिराटनगरमा गर्यो अन्तक्रिया


बिराटनगर असोज १ गते । रातो तारा डट कम,नेपाली सैनिक सूचना केन्द्र मुख्यालय काठमाण्डौको सहयोगमा सुर्य दल गणले आज बिराटनगरमा स्थानिय संन्चारकर्मी, नागरिक समाज, संग अन्तक्रिया कार्यक्रमको आयोजना गर्यो ।

कार्यक्रमका प्रमुख अतिथि तथा नेपाली सेना पूर्वी पृतनापति अन्नत कार्कीले गमलामा रोपेको बिरुवामा पानी हालेर कार्यक्रम उदघाट गर्नु हुदै,नेपाली सेना जहिले पनि जनताकै सेवक होर जनताकै बिचमा रहन्छ देश र जनाको सेवामा सदैभ लागिरहेको छ देश र जनताको कठिन परिस्थितिमा पनि सेना जनताको सेवामा अग्रस्थानमा उभिएर सेवा गदै आएको र गर्छ भन्नु भयो । 

महासेनानी इश्वर कुमार पोखरेले नेपाली सेना र जनता बिचको सम्वन्धलाई सुदृढ गर्दै लगेको कुरा सेनाले तराइको बारा पर्सामा हुरी बतासले पुर्याएको नोक्सानीलाई जनता आवस कार्यक्रम अन्तरगत १२० दिनमा ८६९ घर बनाएर जनतालाई दिएको र आपतबिपतमा सेना जहिलेपनि देश र जनताकै बिचमा रहेर सेवा गरिरहने बताउनु भयो ।

कार्यक्रमको बिचमा लगु बित्त चित्र समेत देखाइएको थियो भने प्रचारप्रसारमा सहयोग गरेको भन्दै स्थानिय नागरिक एफएम र कोशी एफएमलाई सम्मान समेत गरिएको थियो ।

सुर्यदल गण का गणपति रघुनाथ पौडेलले अव नेपाली सेनाले जनता संग मिले काम गर्न चाहेकाले यो सम्वन्धलाई अइौ सुदृढ गर्दै लैजाने बताउनु भएको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.