Websoft University

सनराइज बैंकको स्वास्थ्य शिविर


विराटनगर, ८ असोज । सनराइज बैंक लिमिटेडको १२ औं वार्षिकोत्सवको अवसरमा स्वास्थ्य शिविरको आयोजना गरिएको छ ।

मोरंग कटहरी ७ को जनता माध्यमिक विद्यालयमा बुधबार गरिएको स्वास्थ्य शिविरमा ७ सय ७५ जनाको स्वास्थ्य परिक्षण गरिएको हो । शिविरमा आँखा, दन्त तथा बाल रोग विशेषज्ञ डाक्टरहरुबाट स्वास्थ्य परिक्षण गरिएको थियो ।

कार्यक्रममा चस्मा तथा औषधी समेत वितरण गरीएको थियो । सनराइज बैंक लिमिटेड, प्रदेश १ का प्रदेश प्रमुख विवेक निरौलाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएको कार्यक्रममार्फत कटहरीका बासिन्दा लाभान्वित भएको बताउनुभयो । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत  देशका विभिन्न स्थानहरmमा स्वास्थ्य परिक्षण कार्यक्रम आयोजना गरिएको उहाँले बताउनुभयो ।

कार्यक्रममा जनता माविका प्रधानाध्यापक रामनारायण विश्वासले स्वास्थ्य शिविरबाट धेरैले लाभ लिन पाएकोमा खुसी व्यक्त गर्नुभयो । बंैकले असोज महिनालाई १२ औं वार्षिकोत्सवपूर्ण महिनाको रmपमा मनाउन विभिन्न १२ विधामा देशभर कार्यक्रमहरm गर्दै जाने जनाएको  छ ।

सनराइज बैंक लिमिटेड, विराटनगर शाखाले हेल्दी नेपाल (हामी संग संगै) भन्ने नाराको साथ आर.के. चिल्ड्रेन हस्पिटल र विराट आँखा अस्पताल को प्राविधिक सहयोगमा शिविरको आयोजना गरेको प्रदेश प्रमुख निरौलाले बताउनुभयो ।







Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.