Websoft University

मोटरसाईकलको ठक्करबाट १ जनाको मृत्यु


सुनसरी, भाद्र १७ गते । रातो तारा डट कम,सुनसरीको धरान उप-महानगरपालिका-१८ लाङघाली चोकमा सोमवार  भएको मोटरसाईकल दुर्घटनामा परी ६९ बर्षीय बृद्धको मृत्यु भएको छ । दिउँसो सवा १ बजेको समयमा दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको को १४ प १२०३ नम्बरको मोटरसाईकलले पैदल यात्री धरान १५ का ६९ बर्षीय श्री प्रसाद राईलाई ठक्कर दिंदा राई गम्भीर घाईते भएका थिए । घाईतेलाई तत्काल उपचारको लागि धरानकै घोपा क्याम्प पठाईएको र थप उपचारको लागि बिराटनगरको नोबेल अस्पताल लगिएकोमा उपचारकै क्रममा दिउँसो सवा ३ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ । मोटरसाईकल र चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.