Websoft University

भूमि संम्वन्धि एनको आठौं संसोधनका बारेमा भएको छलफल कार्यक्रम बिराटनगरमा सम्पन्न


बिराटनगर भाद्र २१ गते । रातो तारा डट कम,भूमि सम्वन्धि ऐन,२०२१ को ८ औं संसोधन  २०७५,लाई सशोधन गर्न बनेको बिधेयकका सम्वन्धमा सरोकारवालाहरु संग छलफल र अन्तरक्रिय गर्न राष्ट्रिय सभा बिधायन व्यावस्थापन समितिको सजिकरणमा जिल्ला समन्वय समिति मोरङको आयोजनमा कार्यक्रम बिराटनगरमा आज सम्पन्न भएकोछ ।

कार्यक्रममा राष्ट्रिय सभा सदश्य तथा बिधायन व्यावस्थापन समिति अध्यक्ष मा, पर्शुराम मेघी गुरुङले बिभिन्न क्षेत्र राजनीतिक दल, सगठनहरु र भूमि सम्वन्धि सरोकारवालाहरुका अगुवा प्रतिनिधिहरु संग छलफल गर्दै, ग्रुप बनाएर, भूमि अधिकार, स्वामित्व, कृषि, सुकुम्वासी, अव्यावस्थित बसोवास, बन अतिक्रमण, सार्वजानिक जमिन, खोला बाटो नदीकिनारा मसानघाट गौचरण संघ सस्था प्रालि कम्पनी समेतका भूमि जमिनहरुका, बारेमा संसोधनमा के थप घट गर्ने भन्ने बारेमा दफावार नै छलफल गराएर सुइााप लिनु भएको थियो ।

भूमि सम्वन्धि ऐन २०२१ को ८ औं संसोधन बाट पुजिंपति वर्गलाई होइन, जनतालाई समेट्ने र जनतालाई नै सम्वोधन हुने खालको भूमि ऐन आउनु पर्नेमा सबैले जोडदिएका थिए ।
राष्ट्रिय सभा सदश्य तथा बिधायन व्यावस्थापन समितिका सदश्य मा,बृजेस लाल कर्णले आफना कुरा राख्नु हुदै अव बन्ने कानुनहरुमा जनताको सरोकार हुने भएकाले यो छलफल कार्यक्रमको आयोजना गरिएको बारेमा सहभागिहरुलाई जानकारी गराउनु भएको थियो ।

यस प्रकारको कार्यक्रमहरु मोरङको बिराटनगर, नवलपरासीको रुपन्देही,कैलालीको धनगडी,र दाङको घोराही,मा हुने आयोजकले जानकारी गराएका थिए ।
कार्यक्रमको अध्यक्षता जिल्ला समन्वय समिति मोरगका संयोजक नरेस पोखरेलले गर्नु भएको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.