Websoft University

चीन सरकार र निजी क्षेत्रले नेपालको आर्थिक विकासमा सहयोग गर्नेमा नेपालको अपेक्षा– प्रचण्ड



काठमाण्डौ । रातो तारा डट कम,नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा लगानी गर्न चिनियाँ लगानीकर्ताहरूलाई आग्रह गर्नुभएको छ । काठमाडौँस्थित चिनियाँ दूतावासले आयोजना गरेको नेपाल–चीन व्यापारसम्बन्धी कार्यक्रममा प्रचण्डले राजनीतिक स्थिरता कायम भएसँगै लगानीमैत्री वातावरण बनेकाले यसतर्फ ध्यान दिन आग्रह गर्नुभयो । चीन सरकार र निजी क्षेत्रले नेपालको आर्थिक विकासमा सहयोग गर्ने अपेक्षा राखेको जानकारी दिँदै प्रचण्डले कुनै समस्या भए समाधानका लागि पनि छलफल गर्न सकिने धारणा राख्नुभयो । प्रचण्डले नेपाल सधैं एक चीन नीतिमा दृढ रहेको र नेपाली भूमिलाई कुनै पनि अवस्थामा चीनविरुद्ध प्रयोग गर्न नदिने प्रतिवद्धता जनाउनुभयो । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.