Websoft University

मन्त्रीलाई नै डेंगु लाग्यो


काठमाण्डौ भाद्र १९ गते । रातो तारा डट कम,कृषि तथा पशुपंछी विकासमन्त्री चक्रपाणि खनालमा डेङगुको सङ्क्रमण देखिएको छ । डेङ्गुको सङ्क्रमणका कारण ज्वरो बढेपछि उहाँको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ । मन्त्री खनाललाई हिजोबाट अस्पताल भर्ना गरिएको भए पनि आज भने आईसीयूमा राखेर उपचार भइरहेको मन्त्री खनालका प्रेस संयोजक बोमलाल गिरीले जानकारी दिनुभयो । अस्ति साँझबाट टाउको दुख्ने, ज्वरो आउने लक्षण देखिएपछि जचाउन मन्त्री खनाल निदान अस्पताल पुग्नुभएको थियो । डेङ्गु सङ्क्रमणको आशङ्कामा अस्पतालले उहाँलाई हिजो शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु पठाएपछिट साँझ अस्पतालले डेङ्गु संक्रमण पुष्टि गरेको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.