Websoft University

नेपाल र भारतका प्रधानमन्त्रीले सुइच थिचेर पाइपलाईनको आज उदघान गर्ने

काठमाण्डौ भाद २४ गते । रातो तारा डट कम,नवनिर्मित मोतिहारी अमलेखञ्ज पेट्रेलियम पाईपलाईनबाट आज देखि नियमित ईन्धन आउने भएको छ । नेपाल र भारत दुबै देशका प्रधानमन्त्रीले आज औपचारिक रूपमा उद्घाटन गरेसँगै ईन्धन आपूर्ती नियमित हुने नेपाल आयल निगम अमलेखगञ्ज डिपोका प्रमुख प्रदिप यादबले जानकारी दिनुभयो ।  

भारतको पटनाबाट मोतिहारी हुँदै नेपालको अमलेखगञ्जसम्म कुल २५९.७ किलोमिटर मध्ये नवनिर्मित मोतिहारीदेखी अमलेखगञ्जसम्मको ६९.७ किलोमिटर पाईपबाट पहिलो चरणमा ३१ लाख लिटर डिजल पठाएर गत साउन ३ गते गरिएको परीक्षण सफल भएको थियो ।पाईपलाईनलाई औपचारिक रूपमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रबिधिमार्फत आ–आफ्नै देशबाट स्विच थिचेर उद्घाटन गर्ने यादवले जानकारी दिनुभयो । 

मोदीले थिचेको स्विचले तेल नेपाल पठाउने, ओलीले थिचेको स्विचले प्राप्त गर्ने र अमलेखगञ्ज डिपोमा खसेको ईन्धन निगमका कार्यकारी निर्देशकले भाँडोमा तेल थापेर औपचारिक रुपमा पाईपलाईन उद्घाटन गर्ने कार्यक्रम रहेको उहाँले बताउनुभयो । पाईपलाईनलाई कम्प्युटरकै सहायताले खोल्न र बन्द गर्न सकिने भएकाले सोही प्रविधिलाई प्रयोग गर्दै उद्घाटन कार्यक्रम तय गरिएको यादबले बताएका हुन । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.