Websoft University

ट्रक दुर्घटना हुदा १ जनाको मृत्यु २ घाईते


इलाम, भाद्र २१ गते । रातो  तारा डट कम,इलामको रोङ गाउँपालिका-१ हिलेपाखा भन्ने भित्रि सडक खण्डमा ट्रक दुर्घटना हुदा १ जनाको मृत्यु भएको छ भने २ घाईते भएका छन् । शुक्रबार साझँ ७ बजेको समयमा सोहि स्थान बाट तिनघरे इलाम तर्फ बाँस लोड गरी आउदै गरेको मे १ ख २२५६ नम्बरको ट्रक उकालोमा तान्न नसकि बाटोबाट अंदाजि ७० मिटर तल खसी दुर्घट्ना भएको हो । दुर्घटनामा झापाको बुद्दशान्ति गाउँपालिका-५ बस्ने अंदाजी बर्ष ३०।३१ को रबिन नेपाल को गाडीमुनि चेपिएर मृत्यु भएको छ भने बर्ष ३२ को नरेन्द्र खड्का र बर्ष २५ को रमेश चौहान घाईते भएका छन् । घटनाबारे जानकारी पाउनासाथ ईलाका प्रहरी कार्यालय पशुपतिनगर बाट प्रहरीको टोलि खटी घाईतेहरुलाई उपचारको लागी बि एण्ड सी अस्पताल बिर्तामोड पठाएको थियो भने ट्रकका चालक झापाको दमक नगरपालिका-५ बस्ने बर्ष ४० को धुर्ब कार्की हाल सम्म फेला नपरेकोले खोज तलाश गर्ने कार्य भई रहेको उक्त कार्यालयले जनाएको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.