Websoft University

गाईघाट दिक्तेल सडकमा ११ करोड ३० लाख रुपैया बराबरको क्षती भयो



गाईघाट भदौ ३० गते । रातो  तारा  डट कम,असारको अन्तीम साता भएको भिषण वर्षाको कारण गाईघाट दिक्तेल सडकको विभिन्न ठाउमा सडक ग्राभेल ह्युम पाइप बाढी पहिरोले बगाउदा ११ करोड ३० लाख रुपैया बराबरको क्षती भएको छ ।  गाइघाट– दिक्तेल सडक आयोजनाले यो वर्ष उक्त सडक खण्डमा सबैभन्दा बढी क्षती पुगेको जनाएको छ । ‘ आयोजना शुरु  भएको झण्डै २५ वर्ष  पछि पहिलो पटक यो साल सडक निर्माण को काममा धेरै  क्षती पुगेको हो  ।

गाईघाट– दिक्तेल सडक आयोजनाका साइट ईन्चार्ज निर्जन श्रेष्ठले बताए । ‘ अहिले  सम्म आर्थिक रुपमा यति धेरै क्षति  भएको थिएन ।’ उनले भने – वर्षाको कारण आएको  बाढी , पहिरोले   उक्त सडक खण्डको  साउने, रानीबास, फोक्सीनटार र सिम्पानी देखी माहुरेसम्म को सडक खण्डमा  धेरै  क्षती पुगेको साइट इन्चार्ज श्रेष्ठ ले बताए ।

उक्त खण्डमा  पहिरोले सडक बगाएको , ग्याविन सहितको नाला भत्काएको , कालो पत्रे पुरै बगाएर कामै नलाग्ने भएको सडकको तथ्याङ्कमा उल्लेख छ । त्यसैगरी त्रियुगा नदी स्थीत पक्कीपुलको सबै साइटमा नदीको बाढीले तिव्र  कटान गरी पुल लाई सामान्य क्षति पु¥याएको  र तत्कालै रोकथाम गरी ठूलो  क्षती हुन बाट  जोगाएको श्रेष्ठले  बताए ।

आयोजना ले हेर्दै आएको सीवाई पुललाई समेत बाढीले क्षती पु¥याएको  उनले बताए । बाढी पहिरोले सडक कटान धेरै  ठाउमा बाटो बगाएकोले १५ दिन  सम्म यातायात सेवा ठप्प भएको र आयोजना कार्यालय बाट  तत्काल मर्मत  संभार  गरी यातायात सूचारु गरेको  योजना प्रंमुख  पशुपति ज्ञवालीले बताए ।  ‘ अहिले सडक मर्मत संभार र नया संरचना निर्माणको काम शूरु गरेका छौँ । ’  उनले भने ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.