Websoft University

आगलागीबाट क्षति


ताप्लेजुङ, भाद्र १७ गते । रातो तारा डट कम,ताप्लेजुङको फुङलिङ नगरपालिका-९ बुङकुलुङका मनोज गुरुङको घरमा आगलागी हुँदा करिव ८ लाख बराबरको क्षति भएको छ । आज बिहान ११ बजेको समयमा गुरुङको ढुङगा माटोले बनेको टिनको छाना भएको एक तले कच्ची भान्सा घरमा अचानक आगलागी हुँदा भान्सा घरमा भएको सम्पुर्ण समान जलेर नष्ट भई उक्त मुल्य बराबरको क्षति भएको हो । सो आगलागी विमानस्थल सुरक्षा गार्ड
सुकेटारबाट खटिएको प्रहरी टोली र स्थानियवासीहरुको समेत सहयोगमा बिहान साँढे ११ बजे नियन्त्रणमा आएको थियो भने आगलागीमा अन्य कुनै मानवीय तथा चौपाया क्षति नभएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.