Websoft University

नेपाल ओलम्पिक कमिटिको अध्यक्षमा जीवनराम श्रेष्ठ निर्वाचित


काठमाण्डौ भाद्र २९ गते । रातो तारा डट कम,नेपाल ओलम्पिक कमिटि (एनओसी) को अध्यक्षमा जीवनराम श्रेष्ठ निर्वाचित हुनुभएको छ । ललितपुरको सातदोबाटोस्थित एनओसी भवनमा आज भएको विशेष साधारणसभाबाट जीवनराम दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित हुनुभएको हो । 

चार वर्षे कार्यकालको लागि भएको निर्वाचनमा जीवनरामले अध्यक्षका प्रत्यासी उमेशलाल श्रेष्ठलाई सात मतले पराजित गर्नुभएको हो । कुल २७ मतदाता रहेको निर्वाचनमा जीवनरामले १७ मत र उहाँका प्रतिस्पर्धी उमेशलालले १० मत प्राप्त गर्नुभयो । एनओसीको उपाध्यक्षमा ज्योति राणा, तेज बहादुर गुरुङ, अशोकराज बज्राचार्य, सुनिल श्रेष्ठ र चतुरानन्द बैद्य विजयी हुनुभएको छ ।

महासचिवमा निलेन्द्रराज श्रेष्ठ निर्वाचित हुनुभएको छ भने सचिवमा रामजी श्रेष्ठ, दीपक हर्ष बज्राचार्य र तुलसी थापा निर्वाचित हुनुभएको छ । उप महासचिवमा पिताम्बर तिम्सिना र कोषाध्यक्षमा रतनकुमार टन्डन निर्विरोध चुनिनुभयो । सदस्यमा रमेशप्रसाद सिवाकोटी, राम अवाले, प्रकाशशमशेर राणा, गोपाल सुन्दर लाल कक्षपति, टासी घले, होमबहादुर दोङ, दिर्गबहादुर केसी निर्वाचित हुनुभएको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.