Websoft University

द्रुतमार्ग छेउ छाउ वृक्षारोपण


काठमाण्डौ असोज ५ गते । रातो तारा डट कम,काठमाडौँ तराई–मधेश द्रुतमार्ग सडक आयोजना आसपासमा नेपाली सेनाले वृक्षरोपण गरेको छ । काठमाडौँ तराई–मधेश द्रुतमार्ग सडक निर्माणका क्रममा काटिएका रुखको बदलामा बाराको कोल्हवी नगरपालिकामा आज  नेपाली सेनाले वृक्षरोपण गरेको हो । सेनाले  पाँच हेक्टर जग्गामा टिक, सिमल, शिरिष तथा जामुन जातका बिरुवा रोपेको हो ।

बाराका प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणी पोखरेल, स्थानीय निकायका जनप्रतिनिधि, नेपाली सेनाका सकलदर्जाका कर्माचारीहरु, सुरक्षा निकायका प्रमुख लगाएतको सहभागीतामा वृक्षरोपण गरिएको सेनाले जनाएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.