Websoft University

रिले दौड प्रतियोगितामा त्रियुगा नमुना माध्यमिक बिद्यालयको समुह विजयी


श्याम राई गाईघाट, असोज २ गते । रातो तारा डट कम,संविधान दिवसको पुर्वसन्ध्यामा बिहीबार आयोजित रिले दौड प्रतियोगितामा त्रियुगा नमुना माध्यमिक बिद्यालयको समुह विजयी भएको छ ।विभिन्न कार्यक्रम गरी दिवसलाई भब्यताकासाथ मनाउने क्रममा पहिलो दिन चार सय मिटरको रिले दौडमा माध्यमिक बिद्यालय लक्ष्मिपुरलाई पछि पार्दै त्रियुगाले जित निकालेको हो । 

प्रतियोगितामा लक्ष्मीपुर मावि दोस्रो र त्रियुगा मावि कै अर्को समुहले तेस्रो स्थान हात पार्यो । विजेता समुहकोतर्फबाट प्रतियोगितामा दिवस राई, निश्चल राई, सन्दिप राई र रोशन राईले सहभागिता जनाएका
थिए । त्यस्तै उपविजेता लक्ष्मीपुर माविबाट निकेश चौधरी, ब्रमानन्द चौधरी, देवचरण चौधरी र सागर चौधरीले सहभागिता जनाए भने तेस्रोमा त्रिमाविका विवस राई, रोशन राई, तोयाबहादुर कार्की र विष्णु शर्मा रहेका थिए ।

संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाऔँ, घर–घरमा दिपावली गरौँ र राष्ट्रिय झण्डा फहराऔँ’ भन्ने मुल नाराकोसाथ संविधान दिवस समारोह समिति उदयपुरको आयोजनमा जिल्ला समन्वयन समिति उदयपुर, त्रियुगा नगरपालिका र जिल्ला खेलकुद विकास समिति उदयपुरको सहयोगमा दौड भएको थियो ।

त्यसैगरी संबिधान दिवसकै पुर्वसन्ध्यामा बिहीबार कर्मचारी मिलन केन्द्रले हाजिरी जवाफ प्रतियोगिताको आयोजना गरेको छ । सधैजसाबिद्यालयका बालबालिकालाई सहभागि गराईने प्रतियोगितालाई परिमार्जन गर्दै जनप्रतिनिधि, कर्मचारी, पत्रकार, व्यापारी, सामाजिक अभियन्ता गरी ११ वटा समुहले सहभागिता जनाएका छन् ।

प्रतियोगितामा स्थानीय तहका जनप्रतिनिधि, संघीय, प्रदेश, स्थानीय तहातहतका जिल्ला तहका कार्यालयका अलग–अलग कर्मचारी, पत्रकार, गैरसरकारी संस्था, त्रियुगा उद्योग बाणिज्य संघ, उदयपुर सिमेण्ट उद्योग, बैंकका कर्मचारी, त्रियुगा र वरुवा क्याम्पसका बिद्यार्थीले सहभागिता जनाएको मिलन केन्द्रका अध्यक्ष हिरा न्यौपानेले जानकारी दिए । दुवै प्रतियोगिताका विजेतालाई शुक्रबार दिवसको अवसरमा पुरस्कृत गरिने मुल समारोह समितका अध्यक्ष एवंम जिल्ला समन्वय समितिका प्रमुख खड्गबहादुर परियार जानकारी दिए ।

प्रतियोगितामा संबिधान, संघीयता र राज्यपुर्नसंचनाका बिषय बस्तुलाई पाठ्यक्रममा समावेश गरिएको उनले बताए । त्यसैगरी दिवसकै अवसरमा असोज ३ गते गाईघाट बजारको लोकतान्त्रिकचौकमा कपडा बैंकको स्थापना गरिने भएको छ । प्रकृति प्रेमी समाजको संयोजन तथा कर्मचारी मिलन केन्द्र, त्रियुगा उद्योग बाणिज्य संघ, नेपाल पत्रकार महासंघ, पेसोक नेपाल, उदयपुर जेसिस, जिल्ला साइक्लिङ्ग संघ, गैसस महासंघ, रेडियो उदयपुर र दाह्ी ग्याङ उदयपुरको सहकार्यमा विपन्न र विपद्मा परेकाहरुको सहयोगार्थ कपडा बैंक स्थापना गर्न लागिएको प्रकृतिप्रेमी समाजका अध्यक्ष दिनेशकुमार श्रेष्ठले बताए ।

परियारकाअनुसार ३ गते कार्यालय तथा व्यक्तीका घर घरमा सरसफाइ गरी दिपावली गर्ने, लेखनशैली भएकाहरुको हकमा संबिधानको वहुपंक्षियआयमलाई उजागर गर्दै लेखरचना प्रकाशन गर्ने, नेपाली सेनाद्धारा विगुल बजाउने, शहिदनको सम्मानका लागि धार्मिक संघसस्थाहरुमा परम्पराअनुसार पाठपूजा प्रार्थना गर्ने, प्रभातफेरीको तय गरिएको छ ।

यसैगरी असोज ४ गते जिल्ला समन्वय समितिको परिसरमा विभिन्न प्रजातिका फलफुलका विरुवा रोप्ने, नेपाल रेडक्रससँग समन्वय गरी खुल्ला रक्तदान कार्यक्रम आयोजना गर्ने र पुन साँझमा दिपावली गर्ने कार्यक्रम तयारी गरिएको छ । समन्वय समितिका अनुसार जिल्ला चार गाँउपालिकाका र चार नगरपालिकामा समेत संविधान दिवश भव्य रुपमा मनाउने गरी तयारी गरिएको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.