Websoft University

अढाई महिने प्राविधिक तालिम समापन तथा प्रमाण पत्र वितरण

शिव भट्टराई,मोरङ ।रातो तारा डट कम,मोरङको उर्लाबारी नगरपालिकामा अवस्थित मदन भण्डारी स्मृति प्रतिष्ठानद्वारा आयोजना गरिएको अढाई महिने सामुदायिक पशु तथा कृषि प्राविधीक सहायकको तालिम समापन तथा प्रमाण पत्र वितरण कार्यक्रम बुधबार प्रतिष्ठानको सभाहलमा सम्पन्न भएको छ।

उक्त तालिम सामाजिक विकास मन्त्रालय प्रदेश नं.१ को आर्थिक सहयोग साथै प्राविधिक शिक्षा तथा व्यासायिक तालिम परिषद प्रदेश नं.१ को प्राविधिक सहयोगमा सम्पन्न भएको छ।

कार्यक्रममा कानेपोखरी गाउँपालिकाका अध्यक्ष तारा बहादुर काफ्लेको प्रमुख आतिथ्यता रहेको थियो भने प्रतिष्ठानका कार्यकारी निर्देशक इन्जिनियर विनोद अर्यालको अध्यक्षता रहेको थियो।कार्यक्रममा तालिम परिषदका प्रमुख डा.शिव प्रसाद दाहाल विशिष्ठ अतिथि रहेका थिए त्यस्तै सुन्दरहरैचा नगरपालिका वार्ड नं.४ का वार्ड अध्यक्ष शैलेन्द्र श्रेष्ठ , अग्रणी सामुदायिक कृषि सहकारी संस्था दुलारीका अध्यक्ष सोभित पौडेल, साना किसान कृषि सहकारी सुन्दरपुरका अध्यक्ष रवीन्द्र आचार्य,साना किसान कृषि सहकारी संस्था सुन्दरहरैचा वार्ड नं.३ का उपाध्यक्ष नारायण श्रेष्ठ लगायत अन्य अतिथिहरुको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि काफ्ले, विशिष्ठ अतिथि लगायत अन्य अतिथिहरुले यस तालिमबाट प्रमाण पत्र लिएर मात्रै नहुने त्यसका लागि सो प्रमाण पत्रको सही सदुपोग गरी आत्मनिर्भर बन्न सक्नु पर्ने त्यसैगरी आउँदा दिनमा यस्ता तालिम अति आवश्यक भएकोले यस्ता तालिमका लागि आफूले सहकार्य गरेर अगाडि बढ्ने प्रतवद्धता जाहेर गरेका थिए।

कार्यक्रममा तालिममा सहभागी ६३ जनालाई प्रमाण पत्र र १२ वटा संस्था साथै ८ जना प्रशिक्षकहरुलाई प्रशंसा पत्र साथै मायाको चिनो दिएर सम्मान गरिएको थियो।

यस कार्यक्रमको सहजिकरण साथै सञ्चालन भने प्रतिष्ठानका सामाजिक विकास अधिकृत रुद्र तामाङले गरेका थिए।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.