Websoft University

घोघापुल चौकस्थित जनरल हस्पिटल एण्ड ट्रमा केयर सेन्टर आजबाट सञ्चालनमा आयो

विराटनगर असोज १ गते । रातो तारा डट कम, विराटनगर–९ घोघापुल चौकस्थित जनरल हस्पिटल एण्ड ट्रमा केयर सेन्टर सञ्चालनमा आएको छ ।

विराटनगरमा आज एक कार्यक्रम आयोजना गरि उक्त हस्पिटल सञ्चालनमा आएको हो ।

१५ वेडको अस्पताल करिब ५ करोड लागतमा हस्पिटलमा सञ्चालनमा ल्याएको अस्पतालका अध्यक्ष जयप्रकाश रायले जानकारी दिए । उनका अनुसार एनआइसियू र आइसियू ५÷५ वेडको रहेको छ । हस्पिटलमा विशेषयज्ञ चिकित्सवहरूबाट २४ घण्टा सेवाहरू सञ्चालनमा रहेको बताइएको छ ।

अस्पताल सञ्चालन आएको अवसर पारेर १५ दिनसम्म सम्पूर्ण ओपीडि सेवा निःशुल्क रहेको छ । यस्तै ल्याबमा पनि ५० प्रशित छुट गरेको अध्यक्ष रायले जानकारी दिए ।

अस्पतालमा न्यूरो लोजिष्ट डा. सन्तोष झा, अर्थोपेडिक सर्जन डा. महेन्द्रप्रसाद महतो, बालरोग विशेषयज्ञ डा. फडिन्द्र साह, वरिष्ठ फिजिसियन डा. विनोद यादवलगायतबाट सेवा सुचारू हुने अस्पताले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.