Websoft University

कक्षा ११ को परीक्षाफल आज सार्वजनिक भयो


बिराटनगर असोज ७ गते । रातो तारा डट कम,राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षाफल आज सार्वजनिक गरेको छ । गत वैशाख २९ देखि जेठ ८ गतेसम्म लिएको परीक्षाको नतिजा आज सार्वजनिक भएको हो । परीक्षामा पुराना र नियमित गरी ५ लाख ९ हजार ५२ परीक्षार्थी सहभागी थिए । तीमध्ये ३१ जना परीक्षार्थीको नतिजा रद्द भएको बोर्डले जनाएको छ ।  त्यसमध्ये नियमिततर्फ ३ लाख ४९ हजार ६ सय ३ जना सहभागी 
थिए । नियमिततर्फको नतिजालाई जीपीए अनुसार नौ किसिमले सार्वजनिक गरिएको छ । तीमध्ये ३ दशमलब ६१ देखि ४ जीपीए हासिल गर्ने २ हजार ३ सय १९ जना छन् । त्यसैगरी ३.२१ देखि ३.६० जीपीएप्राप्त गर्ने १३ हजार ७ सय ७२ जना छन् । २.८१ देखि ३.२० जीपीए ल्याउने ३२ हजार २ सय ५३ जना, २.४१ देखि २.८० जीपीए पाउने ५४ हजार ८ सय १६ जना छन् । यसैगरी ८४ हजार २ सय ३९ जनाले २.०१ देखि २.४० जीपीए प्राप्त गरेका छन् भने सबैभन्दा धेरै ८९ हजार ६ सय ५० जनाले १.६१ देखि २ जीपीए पाएका छन् । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.