Websoft University

लागुऔषध सहित ३ जना पक्राउ


सुनसरी, भाद्र २४ गते । रातो तारा डट कम,सुनसरीको धरान उप-महानगरपालिका-८ बाट लागु औषध सहित ३ जना पक्राउ परेका छन् । सोमवार दिउँसो ईलाका प्रहरी कार्यालय धरानबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले को ४ प १७३५ र को १० प ४७४७ नम्बरको मोटरसाईकलमा सवार धरान १४ का ४० बर्षीय कुमार बस्नेत, धरान ७ का ३२ बर्षीय वसिम खान र ३४ बर्षीय राजेश भनिने नविन भण्डारीलाई डाईलक्स डि.सी. १० बोतल, स्पास्मोप्रोक्सिवन प्लस ९० क्याप्सुल, नाईट्रोसन २५ ट्याब्लेट, मोवायल २ थान र नगद २८,७४० सहित पक्राउ गरेको हो । पक्राउ परेका ३ जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.