Websoft University

स्वास्थ्य चौकीमा औषधि अभाव


काठमाण्डौ भाद्र १९ गते । रातो तारा डट कम,रौतहटमा भाईरल ज्वरोका बिरामीको चाप बढेका अवस्थामा जिल्लाको बृन्दावन नगरपालिकाका पाँच वटा स्वास्थ्य चौकीमा औषधिे अभाव भएको छ । 

नगरपालिकामा रहेको विश्रामपुर स्वास्थ्य चौकी, रमौली स्वास्थ्य चौकी, गम्हरिया स्वास्थ्य चौकी, पलटुवा स्वास्थ्य चौकी र धमौरा स्वास्थ्य चौकीमा ज्वरोको एन्टीवायोटिक औषधि नहुदाँ सेवा लिन आएका सेवाग्राही समस्यामा परेका छन् । उक्त पाँच वटैस्वास्थ्य चौकीमा ज्वरोको औषधिको नाममा पडासिटामोल बाहेक अन्य कुनै एन्टीबायोटिक औषधि नरहेको बिश्रामपुर स्वास्थ्य चौकीका स्वास्थ्य निरीक्षक राजेन्द्र प्रसाद यादवले जानकारी दिनुभयो ।

अत्यधिक गर्मीका कारण ज्वरोको बिरामीको चाप बढेको स्वास्थ्य निरीक्षक यादवले बताउनुभयो । उहाँले ज्वरो निको पर्नका लागि पारासिटमोलले मात्र नहुने र सिटामोलसंगै एन्टीवायोटिक औषधि पनि आवश्यक रहेको बताउनुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.