Websoft University

गाडी खरिदमा अनियमतिता नभएको निष्कर्ष


काठामण्डौ भाद्र १८ गते । रातो तारा डट कम,गाडी खरिदबारे छानबिन गर्न गठित संसदीय समितिले खरिदमा आर्थिक अनियमतिता नभएको निष्कर्षसहितको प्रतिवेदन सभामुख कृष्णबहादुर महरालाई बुझाएको छ । समितिले अनियमितता भएको ठोस प्रमाण नपाइएको भन्दै खरिदलाई वैधानिकता दिने गरी तयार पारिएको प्रतिवेदन आज सभामुख महरालाई बुझाएको हो । संसदीय समितिका सभापतिहरुका लागि संसद सचिवालयले खरिद गरेको ११ वटा स्कारपियो गाडी प्रयोगमा आएको एक महिनामै बिग्रन थालेपछि सभामुख कृष्णबहादुर महराले पाँच सदस्यीय छानबिन समिति बनाउनुभएको थियो । राष्ट्रियसभा अन्तरगतको प्रत्यायोजित विधायन व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनाराणय बिडारीको संयोजकत्वमा गठित छानबिन समितिले तयार पारेको प्रतिवेदनमा खरिद प्रक्रियामा कुनै कमजोरी नरहेको र प्राविधिक हिसाबले पनि गाडी ठीकै रहेको उल्लेख गरिएको छ । छानबिन समितिले गाडी खरिदबारे थप निर्णय गर्ने अधिकार सभामुखलाई नै दिएको छ । प्रतिवेदन बुझेपछि सभामुख महराले अध्धयन गरेर आवश्यक निर्णय लिने बताउनुभयो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.