Websoft University

तेक्वान्दोको ओलम्पिक सोलिडारिटी कोर्ष शुरु


काठमाण्डौ, असोज ८ गते । रातो तारा डट कम,तेक्वान्दोको ओलम्पिक सोलिडारिटी कोर्ष बुधवार देखि शुरु भएको छ । सातदोबाटो स्थित तेक्वान्दो एकेडेमीमा नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जिवनराम श्रेष्ठले कोर्षको उद्घाटन गरे । कोर्षमा राष्ट्रिय खेलकुद परिषद्का प्रशिक्षक,जिल्लाहरुमा डोजाङ संचालन गदै आएका तेक्वान्दो प्रशिक्षकले सहभागिता जनाएका छन् । 

कोर्षको संचालन कोरियन प्रशिक्षक प्रा.डा.भल–कष्प ज्धबलन ले गर्ने छन् । नवौं डान लिएका ह्वाङलाई नेपालका छौटौं डान लिएका प्रशिक्षक श्रीमान थापा र पुर्ण योञ्जनले प्रशिक्षणमा सहयोग गर्ने छन् । आश्विन २९ गते सम्म संचालन हुने कोर्षमा छैटौं डान प्राप्त गरेका प्रशिक्षक १ जना,पाँचौं डान हाँसिल गरेका प्रशिक्षक ३१ जना, चौथो डान हाँसिल गरेका प्रशिक्षक २४ जना, तेश्रो डान हाँसिल गरेका प्रशिक्षक २५ जना र दोश्रो डान हाँसिल गरेका प्रशिक्षक ८ जनाले प्रशिक्षण लिईरहेका छन् ।

 साथै प्रशिक्षणमा १३ औं को बन्द प्रशिक्षणमा रहेका पुन्से बिद्याका १८ जना खेलाडीले पनि सहभागिता जनाएको तेक्वान्दोका मुख्य प्रशिक्षक नविन श्रेष्ठले जानकारी गराएका छन् । कोर्षको उद्घाटनका अवसरमा संघका उपाध्यक्ष भोजवहादुर शाह,महासचिव दिपराज गुरुङलगायतको उपस्थिति रहेको थियो । पत्रकार 

मित्रहरुमा हार्दिक निमन्त्रणाः– 
प्रधानमन्त्री कप अन्तर विश्वविद्यालय चौथो खेलकुद प्रतियोगिताको पूर्व प्रधानमन्त्री झलनाथ खनालज्यूबाट तपशिलको मिति,समय र स्थानमा उद्घाटन हुने भएकोले पत्रकार मित्रहरुलाई उपस्थितिका लागि आयोजक सादार अनुरोध गर्दछ । मितिः २०७६ आश्नि ९ गते,बिहिवार । समयः– दिउसो १ बजे । स्थानः– नेपाल आर्मी खेल कभर्डहल,लगनखेल । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.