Websoft University

गछियामा तीज मनाउँदै जेसिज सप्ताह सुरु


शिव भट्टराई,मोरङ। रातो तारा डट कम,मोरङ्गको सुन्दरहरैचा नगरपालिका स्थित गछियामा सोमबार देखि तीज विशेष कार्यक्रम गर्दै जेसिज सप्ताह सुरु भएको छ।

 कार्यक्रमकी प्रमुख अतिथि सुन्दरहरैचकी उप प्रमुख धना तामाङले  बोल्दै, महिलाहरुलाई तीजमा आफ्नो स्वास्थ्यको ख्याल नराखी भोकभोकै व्रत बसेर श्रीमानको आयु नबढ्ने बताउँदै पानी, फलफूल खाएर  आफ्नो स्वास्थ्यको ख्याल राखेर मात्र व्रत लिन आग्रह गरिन्।त्यसैगरी कार्यक्रममा उपस्थित अन्य अतिथिहरुले महिला दिदीबहनीहरु लाई तीजको शुभकामना दिएकी थिन।

त्यसैगरी सप्ताहव्यापी कार्यक्रममा १८ गते शेषनारायण दिव्य धाममा वृक्षारोपण कार्यक्रम, २३ गते आँखा शिविर, २७ गते जुपिटर वोर्डिङ स्कुलमा तालिम ,२८ गते विराटचोकमा फुटसल साथै ०३ गते वक्तृत्वकला प्रतियोगिता गरी कार्यक्रम सम्पन्न गरिने सो कार्यक्रमका संयोजक टेकेन्द्र श्रेष्ठले जानकारी दिएका छन्।

जेसी बोधराज रिजालको सभापतित्व कार्यक्रम भएको थियो।सो कार्यक्रममा सुन्दरहरैचा नगरपालिका वार्ड नं ६ की वार्ड सदस्य प्रमिला बिकले स्वागत मन्तव्य दिएकी थिइन्।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.