Websoft University

पौडी खेल्ने क्रममा कामदारको मृत्यु


संखुवासभा,भाद्र २८ गते । रातो तारा डट कम,खोटाङको दिप्रुङ चिचुम्बा गाउँपालिका-६ घर भई संखुवासभाको मकालु गाउँपालिका-५ मा रहेको अरुण थर्ड शाखा एस्.एम.राज कम्पनीका कामदार ३५ बर्षीय दिलिप थापाको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएकोछ ।

शुक्रवार बेलुका साँढे ६ बजेको समयमा मकालु गाउँपालिका-५  मा रहेको राते खोलामा पौडी केल्ने क्रममा थापाको डुबेर मृत्यु भएको भन्ने खबर प्राप्त भएसंगै अस्थायी प्रहरी पोष्ट आमराङबाट खटिएको प्रहरी टोलीले थापालाई खोलामा मृत अवस्थामा फेला पारेको थियो । 

सो स्थानमा थप अनुसन्धान तथा कानूनी प्रकृयाको लागि ईलाका प्रहरी कार्यालय हेदाङनाबाट प्रहरी टोली खटि गएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको 
छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.