Websoft University

१५ हजार केजी सुपारी प्रहरीले बरामद गर्यो


काठमाण्डौ भाद्र २६ गते । रातो तारा डट कम,बाराका विभिन्न सिमानाकाबाट ठूलो परिमाणमा सुपारीको तस्करी हुने गरेको पाइएको छ । बारा प्रहरीले आइतबार विहान साढे ३ बजे निजगढ नगरपालिका वडा नं ९ स्थित पूर्व पश्चिम राजमार्गमा ३१ लाख ३५ हजार मूल्य बराबरको ७५० बोरा अर्थात् १५ हजार किलो सुपारी बरामद गरेको थियो । प्रहरीले अवैध सुपारी बोकेको लु.२ ख ३७ नं.को ट्रक नियन्त्रणमा लिई राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको बारा प्रहरीका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक रन्जीतसिंह राठौरले बताउनुभयो । प्रहरीले गत शुक्रबार राति परवानीपुर गाउँपालिका वडा नं.५ गण्डक नहर स्थित सडकमा भारतबाट भन्सार छली बा १९ च ३९५४ नं.को स्कार्पियो गाडीमा लुकाई छिपाई ल्याएको २० थान स्टेबलाईजर पनि बरामत गरेको छ । भारतसँग खुल्ला सिमानाका हुनु र भारतीय सवारी साधनको अधिक प्रयोग हुने गरेका कारण चोरी तस्करी बढेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख विकासराज खनालले बताउनुभयो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.