Websoft University

केहिदिन अइौ वर्षा हुने–देशभर मनसुनी गतिविधि बढ्दै,


काठमाण्डौ भाद्र ३१  गते । रातो तारा डट कम,मौसम पूर्वानुमान महाशाखाले आज जनाए अनुसार मनसुनी न्यून चापीय रेखा अधिकांश क्षेत्रमा देखिएकोले केहिदिन अझै मेघ गर्जन सहित वर्षा हुने छ । बंगालको खाडिबाट अएको जलवाष्पयुक्त हावाको प्रभावका कारण देशभर मनसुनी गतिविधि बढिरहेको विभागले जनाएको छ । 

विभागका अनुसार अहिले पुर्वी तराई, मध्य र पश्चिमका केहि स्थानमा सामान्य बदली भई मेघ गर्जन सहित हल्का देखि मध्यम वर्षा भईरहेको र बाँकी भु भागमा पनि आंशिकदेखि सामान्य बदलिको अवस्था रहेको छ । 
विभागका अनुसार आज दिउँसो देशभरी सामान्यदेखि पुर्ण बदली रही मध्य र पूर्वी भुभागका धेरै स्थानमा तथा पश्चिमका केहि स्थानहरुमा मेघ गर्जन र चट्टयांग सहित हल्कादेखि मध्यम वर्षा हुनेछ । देशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको पनि विभागले जनाएको छ । यस्तै राती देशभरी सामान्यदेखि पुर्ण बदली रही मध्य र पश्चिमका धेरै स्थानहरुमा तथा पुर्वका केहि स्थानहरुमा मेघ गर्जन र चट्टयांग सहित हल्कादेखि मध्यम वर्षा हुने विभागले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । 

विभागले देशका मध्य र पश्चिमका धेरै स्थानहरुमा तथा पुर्वका केहि स्थानमा मेघ गर्जनरचट्टयांग सहितको वर्षा हुने साथै मध्य तथा पश्चिमी भु भागका थोरै स्थानमा भारी वर्षाको सम्भावना भएकोले पहिरो जान सक्ने तथा नदीमा पानिको वहाब बढ्न सक्ने साथै सडक र हवाई यातायातमा सामान्य अवरोध आउन सक्ने हुनाले सतर्कता अपनाउनु आग्रह गरेको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.