Websoft University

घुस लिदालिदै, ट्राफिकका असई पक्राउ परे



काठमाण्डौ भाद्र २३ गते । रातो तारा डट कम,विपी राजमार्गमा संचालन हुने सवारी साधानहरुबाट घुस रकम लिदै आएका एक ट्राफिक प्रहरी पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सिन्धुलीको नेपालथोक ट्राफिक प्रहरी चौकीका असई श्याम माझीलाई पक्राउ गरेको हो । 

असई माझीलाई विपी राजमार्ग भएर गुड्ने गाडीहरुसँग घुस रकम लिदै गरेको अवस्थामा घुस रकम सहित शनिवार साँझ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । अख्तियारको टोलीले माझीलाई घुस रकम सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरिक्षक चक्र बहादुर सिँहले पुष्टी गर्नुभएको छ । 

नेपालथोक चेकपोष्टमा लामो समयदेखि कार्यरत ट्राफिकका असई माझीले राजधानी काठमाडौंबाट पुर्वी तराईका जिल्ला जाने पाँच वटा गाडीबाट दुई हजार रुपियाँको दरले रकम उठाएको पाईएपछि उक्त रकम सहित माझीलाई अख्तियारले पक्राउ गरेको हो ।

भाद्र २१ गते साँझ ६ बजे १० हजार घुस रकम लिदै गर्दा अख्तियारको केन्द्रीय कार्यालयबाट आएको टोलीले घुस लिँदै पक्राउ गरेको उपरिक्षक सिँहले जानकारी दिनुभयो । विपी राजमार्गमा अहिले साँझ ९ बजे सम्म यात्रु बोक्ने सार्वजनिक सवारी साधान र निजी सवारी साधानलाई गुड्न दिने गरिएको छ भने मालबाहक सवारी साधनहरुलाई राती ९ बजे देखि विहान ६ बजे सम्म संचालन अनुमती दिने गरेको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.