Websoft University

पावरलिफ्टीङ च्याम्पियनको उपाधि राईलाई


विराटनगर । रातो तारा डट कम,विराट जिमको आयोजनामा चौथो पावरलिफ्टीङ च्याम्पियन प्रतियोगिता सम्पन्न भएको
छ । आज शनिबार भएको पावरलिफ्टीङ च्याम्पियनको उपाधि हरिकृष्ण राईले हात पारेका छन् ।

राईले २४ पतिस्पर्धीलाई पारेका छन् । उनले पावरलिफ्टीङमा  ९० केजी तौल उठाएर प्रथम भएका हुन् । त्यस्तै ८० केजी तौल उठाएर सुसिल सुतिहार दोस्रो भएका छन् भने ७५ केजी तौल उठाएर श्याम मारिकले तस्रो स्थानमा चित्त बुझाए ।

प्रथम, दोस्रो र तेस्रो हुनेहरुले क्रमश ३,२ र १ हजारसहित ट्रफि हात पारेका छन् । मोरङ वडिविल्डीङ तथा फिटनेस सँघको सहयोगमा भएको खेल विराटनगरका २५ जना खेलाडिहरु सहभागि रहेका थिए ।

उनीहरुलाई विराटनगर महानगर पालिका वडा नं. ११ का वडा अध्यक्ष तिर्थेन्द्र  न्योपाने,वडिविल्डीङ तथा फिटनेस सँघका केन्द्रीय सदस्य पुष्प श्रेष्ठ र मोरङ वडिविल्डीङ तथा फिटनेस सँघकाका अध्यक्ष राजन दत्तलगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गरे ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.