Websoft University

आज राति टेलिकमको मोबाइलमा समस्या देखिन सक्ने


काठमाण्डौ भाद्र २१ गते । रातो तारा डट कम,आज राति जीएसएम मोबाइल सेवामा समस्या देखिन सक्ने नेपाल टेलिकमले जनाएको छ । आफ्नो सेवालाई फोरजीमा अपग्रेड गर्न लागेकाले सेवामा समस्या देखिन सक्ने टेलिकमले सूचना जारी गर्दै बताएको हो । आगामी माघसम्म देशभर नै फोरजी सेवा विस्तार गर्ने गरी चिनियाँ कम्पनीले काम गरिरहेका छन् । राति साढे ११ बजेबाट मोबाइल सेवामा केही समस्या देखिन सक्ने कम्पनीले बताएको    छ । सिस्टम अपग्रेड हुँदा सेवामा कुनै समस्या आए मोबाइल अफ गरेर पुनः अन गर्न कम्पनीले जनाएको छ । यो सेवा अपग्रेड गर्दा देखिने समान्य समस्या भएकाले सकारात्मक सहयोग गर्न टेलिकमले ग्राहकसँग आग्रह गरेको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.