Websoft University

वक्तित्वकला प्रतियोगिता गर्दै गछिया जेसिजद्वारा सप्ताहव्यापी कार्यक्रम सम्पन्न।


शिव भट्टराई,मोरङ । रातो तारा डट कम,मोरङ्गको सुन्दरहरैचा नगरपालिका स्थित गछियामा आईतबार वक्तित्वकला प्रतियोगिता गर्दै जेसिज सप्ताह सम्पन्न भएको छ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि १ नं प्रदेश सभासद् राज कुमार ओझाले जेसीजले समाजमा हुने विकृति विसङ्गतिलाई  न्यूनीकरण गर्न साथै व्यक्तित्व विकासमा सहयोग पुर्याएको भन्दै प्रशंसा गरेका थिए। सो वक्तित्वकला प्रतियोगिता ध्रुव निरौलाको संयोजकत्वमा सम्पन्न भएको थियो।

आइतबारका दिन गछिया को जुपिटर इङलिस बोर्डिङ स्कुलको सभाहलमा सञ्चालन भएको उक्त बक्तृत्वकला कार्यक्रममा सुन्दरहरैचा नगरपालिका भित्रका १२ वटा बिद्यालयका कक्षा १० सम्मका १२ जना विद्यार्थीहरुले सहभागीता जनाएका थिए ।  बक्तृत्वकला कार्यक्रममा सुबिजीमुर बोर्डिङ स्कुलका ओलसन कार्की  प्रथम,स्कलर्स होमकी क्रस्मा राई द्दितिय, सिद्दार्थ सेकेन्डरीका अभिनव बस्नेत तृतिय, साजिलाल माबीकी अन्जली चौधरीले सान्त्वना
पुरस्कार हासिल गर्न सफल भएका थिए।

यसै गरि जेसिज सप्ताह कार्यक्रममा गछिया जेसिज ले भाद्र १६ गते जेसि टेकेन्द्र श्रेष्ठ को संयोजकत्वमा  जेसिज सप्ताह उद्घाटन तथा तिज बिशेष कार्यक्रम, भाद्र १८ गते जेसि किरण अधिकारीको संयोजकत्वमा बृक्षरोपण कार्यक्रम , भाद्र २३ गते जेसि रबिन सिटौलाको संयोजकत्वमा निशुल्क आँखा शिबिर ,भाद्र २८ गते  जेसि प्रदिप बिष्टको संयोजकत्वमा क्षमता अभिबृद्दी तालिम र भाद्र २८ गते जेसि कमल दाहालको संयोजकत्वमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता कार्यक्रम सम्पन्न भएको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.