Websoft University

उड्दै गरेको हेलिकप्टरबाट सिरकको पोको सोलुखुम्बुमा खस्यो


काठमाण्डौ भाद्र २२ गते । रातो तारा डट कम,सोलुखुम्बुको फेरामा उड्दै गरेको हेलिकप्टरबाट सामग्री खसेको छ । फाप्लुबाट स्याङबोचेका कार्गो ढुवानी गर्ने क्रममा हेलिकप्टरबाट विहिबार सामाग्री झरेको स्थानीयले बताएका छन् । 

केहि समय देखि फालु विमान स्थलबाट स्याङबोचे विमानस्थलमा कार्गो ढुवानी गरिरहेको कैलाश एयरको हेलिकप्टरबाट सिरक लगायतको सामाग्री झरेको उनीहरुको भनाई छ । कैलाश एयरको माईक लिमा कल साईन भएको सो हेलिबाट सामाग्री खसे पछि स्थानीयले असुरक्षाको महसुस गरेका छन् । उड्दै गरेको हेलिकप्टरबाट सामाग्री झरेको भन्दै स्थानीयले जिल्ला प्रशासन कार्यलयको समेत ध्यानकर्षण गराएका छन् । 

कार्गो उडान कम्पनीको लापरबाहीका कारण सामाग्री झरेको उनीहरुको आरोप छ । यता प्रमुख जिल्ला अधिकारी बेदनिधि खनालले कम्पनीले सामाग्रीहरु ढुवानी गर्दा विशेष सावधानी अपनाउनु पर्ने बताउनुभएको छ ।  

कम्पनीको सानो कम्जोरीले ठुलो दुर्घटना हुने भन्दै यस्ता कार्यमा कम्पनी जिम्मेवार बन्नु पर्ने प्रहरी नायब उपरिक्षक नारायण प्रसाद चिमरियाले बताउँनुभयो । सामान ढुवानी गर्दा सुरक्षालाई विशेष ध्यान दिनुपर्ने उहाँले बताउँनुभयो । उता कैलाश एयरका कर्मचारी विलक श्रेष्ठले भने अन्जानमा गल्ति भएकाले  त्यसलाई सुधार्ने बताउनसभएको छ । 

नियोजित नभई ध्यान दिदा दिदै सिरकको पोको झरेकाले आउदा दिनमा सुधार्ने बताउनुभयो ।  हेलिकप्टर क्याप्टेन आशिष सेरचनले उडाउनुभएको थियो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.