Websoft University

वैदेशिक लगानीका लागि नेपाल सबैभन्दा राम्रो गन्तव्य–मन्त्री भट्टराई



काठमाण्डौ भाद्र २६ गते । रातो तारा डट कम,संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले वैदेशिक लगानीका लागि नेपाल अहिले सबैभन्दा राम्रो र उपयुक्त गन्तव्य भएको दाबी गर्नुभएको छ । नेपाल पूर्वाधार सम्मेलनमा मन्त्री भट्टराईले नेपालका सबै राजनीतिक दलहरु विकासको मुद्दामा एकैठाउँमा उभिएकाले लगानीको वातावरणमा कुनै समस्या नभएको बताउनुभयो । उहाँले नेपालमा हवाइ यात्रुहरुको संख्या उल्लेख्य मात्रामा वृद्धि भइरहेको भन्दै, निकट भविष्यमै २ अन्तराष्ट्रिय विमानस्थल सञ्चालनमा आउन लागेको बताउनुभयो । अबको ५ वर्षभित्र कुनैपनि हालतमा निजगढ अन्तरराष्ट्रिय विमानस्थल तयार हुने मन्त्री भट्टराईको भनाईछ । त्यस्तै उत्तरदक्षिण दुबै मुलुकसँग विभिन्न नाकाको स्तरोन्नती गर्ने र नयाँ नाका खोल्ने तथा पूर्वपश्चिम जोड्ने चारवटा राजमार्गहरुको निर्माण अघि बढाएकाले यातायात क्षेत्रमा ठूलो सुधार हुने उहाँले बताउनु भयो । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.