Websoft University

सुन्दरहरैंचा नगरपालिकाको नयाँ केन्द्रका रुपमा सलकपुरलाई तोक्न संघीय सरकारलाई प्रदेशको फारिस


बिराटनगर । रातो तारा डट कम,आइतबार विराटनगरस्थित प्रदेश एकको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा सम्पन्न मन्त्री परिषद् बैठकले सुन्दरहरैंचा नगरपालिकाको नयाँ केन्द्रका रुपमा सलकपुरलाई तोक्न संघीय सरकारलाई सिफारिस गरेको हो।

मन्त्रीपरिषदका निर्णयबारे जानकारी गराउँदै प्रदेश एकका आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले केन्द्र परिवर्तनका लागि स्थानीय तहको निर्णयलाई संघीय सरकारसम्म सिफारिस गरिएको स्पस्ट पारे।

उनले भने, यसविषयमा स्थानीय तह सुन्दरहरैंचा नगरपालिकाले प्रक्रिया पुराएर केन्द्र परिर्वतनको प्रस्ताव गरेको छ। सोही प्रस्तावलाई प्रदेश सरकारले संघीय सरकारलाई सिफारिस गरेको हो। जसमा हालको केन्द्र विराट चौकबाट सलकपुर सारिनुपर्ने माग सुन्दरहरैंचाबाट आएको हुनाले सोही अनुरुप प्रक्रिया अघि बढेको छ।

त्यसैगरी अर्कोतर्फ सुन्दरहरैंचा नगरपालिकाका प्रमुख शिवप्रसाद ढकालले नगरपालिकाको पहिलो परिषद् सभाबाटै केन्द्र सार्ने प्रस्ताव अघि बढाउदै आएको बताए। उनले भने, पहिलो, दोश्रो हुदैं सबै प्रक्रिया पुरा गर्दै यस विषयले अन्नतः पूर्णता पाएको छ।

नगरवासीको चाहाना र काम कार्वाहीको सहजताका लागि सलकपुरलाई केन्द्र बनाइएको स्पस्ट पारे। नगरपालिका प्रमुख ढकालले यस विषयमा सुरुआतबाटै अग्रसरता लिदै आएको बताएका नगरप्रमुख ढकालले हालको कार्यालयमा क्षेत्रफल पनि कम रहेको हुनाले सलकपुरमा नगरपालिकाले ४ विगाह ८ कठ्ठा जमिन सरकारसंग माग गरेको बताए।

नगरपालिकाका अनुसार सलकपुरमा हाल १२ विगाह क्षेत्रफल ऐलानी देखिएको छ। यसक्रममा प्रदेश सरकारको मन्त्रीपरिषद्ले केन्द्रको परिवर्तनका लागि संघीय सरकारसमक्ष सिफारिस गर्ने निर्णयको प्रावधान रहेको छ। त्यसपछि संघीय सरकारले आवश्यक्ता अनुरुप केन्द्र परिवर्तन गर्न सक्ने प्रावधान रहेको छ।

आन्तरिक मामिला मन्त्रालयका अनुसार केन्द्र परिवर्तनका लागि अन्य जिल्लाबाट समेत सिफारिसका लागि प्रस्ताव आएको छ। जसमा सोलुखम्बुस्थित खुम्बु पासांग ल्याम्हु गाँउपालिका केन्द्र परिवर्तन भएको र ताप्लेजुंगबाट केन्द्र परिवर्तनको सिफारिस रित नपुगेर अड्किएको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.