Websoft University

चिनियाँ विदेशमन्त्री वाङ तीनदिने भ्रमणका लागि नेपाल आउँदै– चीन–काठमाडौं रेलमार्ग निर्माणका विषयमा पनि छलफल हुने


काठमाण्डौ भाद्र २२ गते । रातो तारा डट कम,चिनियाँ विदेशमन्त्री वाङ यी तीनदिने भ्रमणका लागि आज नेपाल आउँदै हुनुहुन्छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको औपचारिक निमन्त्रणामा १९ सदस्यीय टोलीको नेतृत्व गर्दै वाङ नेपाल आउन लाग्नुभएको हो ।

पाकिस्तान हुँदै नेपाल आउनुहुने वाङलाई परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुहुनेछ । चिनियाँ राष्ट्रपति सी जिनफिङको सम्भावित नेपाल भ्रमणको पूर्व तयारीका रुपमा उहाँको भ्रमण हुने भनिएपनि सी को नेपाल भ्रमणको मिति भने निश्चित भइसकेको छैन ।

विदेशमन्त्री वाङले आज राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई शिष्टाचार भेट गर्नुहुनेछ । भेटका क्रममा चीनले अघि बढाएको बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई), चिनियाँ सहयोगमा नेपालमा निर्माणाधीन परियोजनाबारे छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । 

समकक्षी प्रदीप ज्ञवालीसँग भने चिनियाँ विदेशमन्त्री वाङको भेटवार्ता भोली मात्रै हुने छ ।  परराष्ट्रमन्त्रीस्तरीय द्विपक्षीय वार्तामा तातोपानी र केरुङ नाकाका अध्यागमनमा सहजता, रसुवाको टिमुरेमा बनाइने ड्राइपोर्टलगायतका भौतिक संरचना, चीन–काठमाडौं रेलमार्ग निर्माण लगायतका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।






Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.