Websoft University

कार र बस ठोकिदा ५ जनाको मृत्यु


काठमाण्डौ असोज ७ गते । रातो तारा डट कम,नवलपरासीमा गएराति ट्रक र कार एक आपसमा ठोक्किँदा पाँच जनाको मृत्यु भएको छ । पूर्वी नवलपरासीको कावासोती नगरपालिका –८ पूर्व–पश्चिम राजमार्गमा गएराति सवा १० बजे कार र बस ठोकिएकाहुन् ।

पूर्वीनवलपरासीको कावासोती नगरपालिका–८ खरकट्टा जंगलमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु १ ख ८५३२ नम्बरको ट्रक र विपरित दिशाबाट आउँदै गरेको बा २१ च ६४०९ नम्बरको कार एक आपसमा ठोक्किएका थिए । ठोकिएर कारमा रहेका पाँचै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते पाँचै जनाको उद्धार गरी उपचारका लागि चितवन लैजाँदै गर्दा बाटोमा नै सबैजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । बचुली नगरपालिकाका डिलबहादुर ढेंगा, तेजु मगर र पुर्णबहादुर बिकको सनाखत भएको छ भने बाँकी दुई जनाको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।

नवलपरासीमा नै गएराती बस पनि दुर्घटना भएको छ । मध्यविन्दु नगरपालिका –१० राति पौने २ बजे दाङबाट काठमाण्डौका लागि छुटेको बस पल्टिँदा एक जनाको मृत्यु भएकोछ ।  कम्तीमा १५ जना घाइते भएका छन । ना ७ ख ८६४२ नम्बरको बस आफैँ अनियन्त्रित भएर पल्टिएको प्रहरीले जनाएको छ ।

बसका चालक ३५ बर्षका लक्ष्मण तिमिल्सिनाकोमृत्यु भएको छ ।  प्रहरीका अनुसार उहाँको स्थायी घर मकवानपुर हो । प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका १५ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.