Websoft University

दशैंमा काठमाडौंबाट घर फर्किनेका लागि भदौ २५ बाट अग्रिम टिकट बुकिङ खुलाउने



काठमाण्डौ भाद्र १७ गते । रातो तारा डट कम,सरकारले भदौ २५ गतेबाट दसैँको अग्रिम टिकट बुकिङ खोल्न प्रस्ताव गरेको छ । यातायात व्यवस्था विभागले यसबारे छलफल गर्न व्यवसायीलाई पर्सि बुधबार बोलाएको
छ । 

व्यवसायी सहमत भए २५ गतेबाट बुकिङ खुल्ने विभागमा महानिर्देशक गोगनबहादुर हमालले सीआईएनलाई जानकारी दिनुभयो । व्यवसायीले भाडादर बढाउनुपर्ने माग गरेका छन् । विभागसँग भएको छलफलमा उनीहरुले वैज्ञानिक भाडा समायोजन लगायतका मुद्दा उठाएका छन् । २०६९ सालपछि वैज्ञानिक रुपमा भाडा समायोजन नभएकाले भाडा समायोजन गर्नुपर्ने उनीहरुको अडान छ । 

डेढ महिनाअघि सरकारले भाडादर समायोजन गरेको थियो । तर, पाँच घण्टा नबित्दै निर्णय फिर्ता लिएको थियो । यातायात व्यवसायीले अब दसैँको अग्रिम टिकट बुकिङ खोल्ने समयमा भाडादर समायोजनलाई मुद्दा बनाएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले सरकारले उचित वातावरण तयार गरे बुकिङ खोल्ने बताउनुभयो । 

उहाँले सडकलाई सुधार गरेर सवारीसाधन चल्न सक्ने बनाउन पनि सरकारको ध्यानाकर्षण गरिने बताउनुभयो । सरकारले हरेक वर्ष दशैंमा काठमाडौंबाट घर फर्किनेका लागि अग्रिम टिकट बुकिङ खुलाउने गरेको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.