Websoft University

सुन्दरहरैचामा बडहरा कप फुटबल प्रतियोगिता सम्पन्न

शिव भट्टराई,मोरङ। रातो तारा डट कममोरङ्गको सुन्दरहरैचा वार्ड नं ४ स्थित बडहरा कप फुटबल प्रतियोगिता उपभोक्ता समिति साथै सुन्दरहरैचा नगरपालिकाको सहयोगमा आयोजित खुल्ला बडहरा कपको फाइनल खेल सम्पन्न भएको छ।मंगलबार भएको फाइनल खेलमा सुन्दरहरैचा नगरपालिका वार्ड नं ४ का वार्ड अध्यक्ष शैलेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि श्रेष्ठले खेलकुद भनेको हाम्रो स्वास्थ्य राम्रो बनाउनको लागि मूल आधार हो भन्दै उनले यस्तै अन्य खेलकुद सम्बन्धि कार्यक्रमको लागि वार्ड नं ४  सहजिकरण गरेर अगाडी बढ्न सधैं तयार रहेको बताएका छन्।

उक्त भएको फाइनल खेलमा JSYC सुन्दरहरैचा-७ र सिद्धार्थ युवा क्लव सुन्दरहरैचा-६  विच प्रतिस्पर्धा भएको थियो।सो खेलमा JSYC ले सिदार्थ युवा क्लबलाई ३-१ ले पराजित गरेको थियो।

कार्यक्रममा प्रथम हुने JSYC सुन्दरहरैचा-७ लाई सिल्ड मेडल , प्रमाण पत्र तथा २० किलोको खसी त्यसैगरी दोस्रो हुने सिदार्थ युवा क्लव सुन्दरहरैचा-६ लाई सिल्ड मेडल,प्रमाण पत्र तथा १८ किलोको खसी वितरण गरिएको थियो ।

बडहरा कप फुटबल प्रतियोगिता उपभोक्ता समितिका अध्यक्ष  कार्यक्रम रोशन चौधरीको सभापतित्व रहेको थियो।
मोहन ढकालले सो कार्यक्रमको संचालन गरेका थिए।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.