Websoft University

न्यूरो र राउण्ड टेबल बिच सम्जोैता उपचारमा २० प्रतिशत छुट


बिराटनगर भाद्र २२ गते । रातो तारा डट कम,न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटि हस्पिटल र राउण्ड टेबल नेपालबीच हस्पिटलले प्रदानगर्ने विभिन्न सेवातथा सुविधाहरुमादिइने छुट सम्बन्धी समझौतापत्रमा हस्ताक्षर भएको छ ।

रत्नहोटलमाआयोजित एक कार्यक्रममा सो समझौताभएको हो । समझौतापत्रमा न्यूरो हस्पिटलका अपरेशनल डाइरेक्टर राजेश भटट्राई र राउण्ड टेबल नेपालकाअध्यक्षसौरभ केडियाले द्विपक्षिय हस्ताक्षर गरि समझौतागर्नुभएको छ ।

समझौताअनुसार न्यूरो हस्पिटलमा उपचार गराँउदा नेपाल भरिका राउण्ड टेबलकापदाधिकारी र सदस्यहरु तथाउनकाआश्रित परिवारले २० प्रतिशत सम्म छुट पाउने भएका छन् । बिराटनगर राउण्ड टेबल ५ का अध्यक्षअश्विनि बंसलको सहकार्यमा सो समझौताभएको हो ।

यस अवसरमा हस्पिटलका अपरेश्नल डाइरेक्टर राजेश भटट्राइले स्वदेशमै गुणस्तरिय उपचारमा सहुलियतदिने उद्देश्यले दुइपक्षीय समझौता गरेको बताउनु भयो । यस्तै राउण्ड टेबल नेपालकाअध्यक्ष सौरभ केडियाले पछिल्लो समय भारतकाचर्चित अस्पतालहरुमा हुने न्यूरो सर्जरी , मुटु सम्बन्धीलगाउतकाउपचार नेपालको प्रदेश नं १ को राजधानि बिराटनगरको न्यूरो हस्पिटलमाहुदै आएको सुन्दागौरववान्वितभएको व्यक्तगर्नु भयो । उहाँले न्यूरो हस्पिटलले उपचारका लागिप्रदान गरेको छुट प्रतिआभार प्रकट गर्नुभयो ।

हस्पिटलले यस अघि पनि बिराटनगरको ग्लोबल आई एम ई बैंक , सनराइज बैंक , नेपालपत्रकार महाँसंघ लगायतकादर्जर्नौ संघ संस्थामा आवद्ध सदस्यतथाकर्मचारीहरुलाई छुट सहितको स्वस्थ्य सो प्रदानगर्दै आएको छ ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.