Websoft University

१९ वर्षमुनिको क्रिकेट टिम स्वदेश फर्कियो


काठमाण्डौ भाद्र २५ गते । रातो तारा डट कम,श्रीलंकामा जारी एसीसी १९ वर्षमुनिको एसिया कप क्रिकेटमा सहभागिता जनाएको नेपाली १९ वर्ष मुनिको राष्ट्रिय क्रिकेट टिम स्वदेश फर्किएका छन् । एसिया कपको समूह चरणबाटै बाहिरिएको नेपाली टिम आज बिहान नेपाल आईपुगेको हो । प्रतियोगितामा नेपालले मात्र एक जित निकालेको थियो । हिजो भएको समूह चरणको अन्तिम खेलमा नेपालले युएईलाई १ सय ६० रनले पराजित गर्दै सान्त्वना जित निकालेको थियो । समूह ‘बी’ मा रहेको नेपालले ३ खेलमा २ अंक जोडेको थियो । समूह चरणबाटै बाहिरिएको नेपाल तेस्रो स्थानमा रह्यो । नेपालले पहिलो खेलमा श्रीलंकासँग ५ विकेटको हार व्यहोरेको थियो । यस्तै दोस्रो खेलमा बंगलादेशसँग ६ विकेटले पराजित हुँदा नेपालको सेमिफाइनल सम्भावना सकिएको थियो । यस समूहबाट श्रीलंका र बंगलादेशले सेमिफाइनलमा स्थान बनाएको छ ।




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.