Websoft University

लागुऔषध खैरो हेरोईन सहित ३ जना पक्राउ


सुनसरी, असोज ६ गते । रातो तारा डट कम,सुनसरीको ईटहरी उप-महानगरपालिका-१२ बाट १ ग्राम १८० मिलिग्राम लागु औषध खैरो हेरोईन सहित ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरी टोलीले उक्त स्थानमा बसोवास गर्ने मोरङको सुन्दरहरैचा नगरपालिका-६ का ४९ बर्षीय तिर्थ बहादुर तामाङ, केरावारी गाउँपालिका-७ का २९ बर्षीय लाल बहादुर कार्की र ३९ बर्षीय विर बहादुर ठाडा मगरलाई नियन्त्रणमा लिएको हो । लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.