Websoft University

१६ औँ निजामती सेवा दिवस आज देश भर भनाइदै,


काठमाण्डौ भाद्र २२ गते । रातो तारा डट कम, १६ औँ निजामती सेवा दिवस आज देश भर विभिन्न कार्यक्रमहरु गरी मनाइँदै छ । यस वर्षको नारा ‘सक्षम निजामती प्रशासनः विकास, समृद्धि र सुशासन’ तय गरिएको छ । 

स्थानीय तह, प्रदेश र सङ्घमा गरी करिब ९३ हजार कर्मचारी कार्यरत छन् । नागरिकलाई आफ्नो उपस्थिति र न्यायमा आधारित सुशासन प्रदान गर्न राज्यले निजामती प्रशासनको व्यवस्था गरेको हुन्छ र तिनै कर्मचारीले मनाउने दिवस हो, निजामती सेवा दिवस ।

दिवसको अवसरमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले परिवर्तित सन्दर्भमा राष्ट्रसेवक कर्मचारीले सेवाप्रति इमानदार, कर्तव्यप्रति निष्ठावान, जनताप्रति उत्तरदायी, कानुनसम्मत रूपमा अगाडि बढ्नु नै निजामती सेवा दिवसको सफलता हुने बताउनुभयो । 

यस्तै नेपालको निजामती प्रशासन सुशासनप्रति अझ प्रतिबद्ध र नतिजामुखी हुनैपर्नेमा विज्ञहरूको जोड छ । छिटोछरितो र सहज ढङ्गले सरकारी सेवा प्राप्त होस् भन्ने अपेक्षा जनताले राखेकाले राष्ट्रसेवक कर्मचारीले बिना झन्झट समयमै गुणस्तरीय सेवा दिएर आफ्ना कामकारबाहीबाट जनताको मन जित्नुपर्छ भन्ने सुझाव पनि आएका छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.