Websoft University

श्रमिकहरु अव पीडित हुनु नपर्ने–मन्त्री विष्ट


काठमाण्डौ असोज ८ गते । रातो तारा डट कम,श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सामान्य जीवनयापन पनि गर्न नसक्ने अवस्थामा रहेका श्रमिकको पक्षमा काम गर्ने बताउनुभएको छ । विश्व ट्रेड युनियन महासंघ विश्व सम्मेलनको आज काठमाडौंमा उद्घाटन गर्दै उहाँले श्रमिकहरु सधैं पीडित हुनुपर्ने अवस्थाको अन्त्य गरिने बताउनुभयो । श्रममन्त्री विष्टले विश्वमा हातहतियार खरिदको होडबाजी चलिरहेको भन्दै सम्मेलनले श्रम क्षेत्रमा सबैखाले लगानी आकर्षित गर्ने वातावरण बनाउनुपर्ने सुझाव दिनुभयो । श्रमिक बलियो भएमात्र उद्योग धन्दा फस्टाउने भन्दै मन्त्री बिष्टले श्रममा विश्वास गर्न आग्रह गर्नुभयो ।  एसिया प्रशान्त क्षेत्रका श्रमिकहरुको हितका लागि श्रमिकहरु एक हुनुपर्नेमा समेत उहाँले जोड दिनुभयो । दुई दिनसम्म चल्ने सम्मेलनमा २० देशका श्रमिक प्रतिनिधि सहभागी छन् ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.