Websoft University

देशको शान्ति सुरक्षामा मात्र होइन सरसफाईमा समेत नेपाल प्रहरी


मोहनकुमार राई÷असोज ७  गते । रातो तारा डट कम,संखुवासभा÷ अहोरात्र जनताको शान्ति सुरक्षामासधै खटिएको देखिने प्रहरी आज विहान सवेरै नेपालकै चर्चित शक्तिपिठ चैनपुर नगरपालिकामा रहेको सिद्धकाली मन्दिर परिसरको सरसफाइमा जुटेका देखिन्थे । ६४ औ प्रहरी दवसको अवसर पारेर जिल्ला प्रहरी कार्यालय संखुवासभाले खाँदवारी नगरपालिकामा रहेको मानेभञ्याङको गुम्बा क्षेत्र, यसै गरी चर्चीत धार्मिक शक्ति पीठ् मनकामना मन्दिर परिसर क्षेत्रमा सरसफाई कार्यक्रम गरेका थिए । 

यसैगरी ईलाका प्रहरी कार्यालय चैनपुरले चैनपुरको टुडीखेलमा रहेको राधाकृष्णमन्दिर परिसरमा समेत सरसफाई कार्यक्रममा प्रहरी अधिकृत सहितको टोली जुटेको देखिन्थ्यो । जिल्लाभरीका ३९ प्रहरी कार्यालयहरुले आज आ–आफ्नो क्षेत्रमा रहेका मठमन्दीर, साँस्कृतिक धरोहरका रुपमा चिनिने स्थलहरुमा सरसफाई गर्नुका साथै अमम्र प्रहरी परिवार सँग भेटघाटका साथ फलफूल वितरण कार्यक्रम समेत सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

चैनपुर नगरपालिका स्थित सिद्धकाली मन्दिर परिसरमा भएका फोहर सरसफाइ अस्थायी प्रहरी चौकीपोखरीका प्रहरी टोली, राजनीतिकदलका प्रतिनिधिहरु, समाजसेवी, तथा स्थानीयको उपस्थितिमा सरसफाई सम्पन्नभएको प्रहरी चौकीका प्रमुख पहरी सहायक निरीषक उमनाथ भट्टराईले वताउनुभयो । स्वस्थानी व्रथकथामा उल्लेख भएको सत्यदेवीको दाहीने आँखा पतनभएको स्थान सिद्धकाली मन्दिरमा दर्शन गर्न दर्शनार्थीहरु जिल्ला र जिल्ला वाहिरका विभिन्न ठाउँबाट आउने गरको यस मन्दिरमा पूजाअर्चना गर्नाले चिताएका मनोकामना पुरा हुने धार्किक जनविश्वास रहेको सिद्धकाली मन्रिका पुजारी टंकनाथ महन्तले जानकारी दिनुभयो । 

यस मन्दिरमा हरेक वर्ष वालाचतुर्दशीमा मेलालाग्ने गर्दछ यसै गरी दशैको नवरात्रभर पूजाआरधना चल्दछ । फूलपातीकादिन हर्षबडाइका साथ फूलपाती भित्र्याएर दशैको शुभराम्भ हुन गरेको समेते पुजारी महन्तले वताउभायो । प्रहरीको यस किसिमको कामको प्रसंसा गर्दै आउँदै गरेको पर्यटन वर्ष २०२०लाई सफलवनाउन सबै क्षेत्रवाट लाग्न सके देशले घोषणा गरेको पर्यटन वर्ष २०२० मा २० लाख आन्तरीक तथा वाह्य पर्यटक भित्र्याएर देशले आर्थिक सम्मृद्धि हासिल गर्न सक्ने धारणा पूर्व सिद्धकाली गा.विस का अध्यक्ष ज्ञानबहादुर कार्कीले वताउनुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.