Websoft University

पहिलो खेलमा नेपालले माल्दिभ्स संग बराबरी खेल्यो


काठमाण्डौ असोज ३ गते । रातो तारा डट कम,तेस्रो संस्करणको साफ १८ वर्ष मुनिको फुटबल च्याम्पियनसिपको पहिलो खेलमा नेपालले बराबरी खेलेको छ । साविक विजेता समेत रहेको नेपालले आज भएको उद्घाटन खेलमा माल्दिभ्ससँग १–१ गोलको बराबरी खेलेको हो । एपीएफको हलचोक मैदानमा सुरुवाती अग्रता उल्टाएर नेपालले बराबरी खेलेको हो । बराबरीसँगै समूह ‘ए’ मा रहेको नेपालले पहिलो खेलमा १ अंक जोडेको छ । माल्दिभ्सको पनि १ अंक भएको छ । दुवै टोलीको सेमिफाइनल पुग्ने सम्भावना कायम छ । अब दोस्रो खेलमा नेपालले आइतबार भुटानसँग खेल्नेछ । समूह ‘बी’मा भारत, श्रीलंका र बंगलादेश रहेका छन् । समुहका शीर्ष दुई टिम सेमिफाईनल प्रवेश गर्नेछन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.