Websoft University

जननेता मदन भण्डारीको सम्झनामा बृक्षारोपण


श्याम राई-गाईघाट भदौ १९ गते । तत्कालिन नेकपा एमालेका महासचिब जननेता मदन भण्डारीको सम्झनामा उदयपुरमा बुधबार बृक्षारोपण गरिएको छ । नेपाल नेत्रज्योति संघ उदयपुरद्धारा सञ्चालनको तयारीमा रहेको मदनभण्डारी आँखा अस्पताल परिषरमा स्व. भण्डारीको नाममा पुर्वसहरी विकास राज्य मन्त्री, प्रतिनिधिसभा सदस्य एवंम नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य मन्ज ुकुमारी चौधरीले मलेसियनसालको विरुवा रोपेकी हुन् ।

चौधरीसँगै जिल्लाका राजनीतिक दलका नेता, जनप्रतिनिधि, कर्मचारी, नागरिक समाज, पत्रकार लगायत स्थानीयले आफन्तको सम्झनामा अस्पताल परिषरको खाली १० कठ्ठा जग्गामा कपुर, खमारी, रुद्राक्ष, मलेसियनसाल, तेजपत्ता, अग्रउड, विरेन्द्रफुल, वयस प्रजातिका १ सय १५ वटा बोटविरुवा रोपेका हुन् ।

प्रियजनको स्मृतिमा विरुवा रोप्दा बेलामौकामा मलजल, हेरचाह र मायामोहको भावना जाग्ने भएकाले स्मृति बृक्षारोपण कार्यक्रम आयोजना गरिएको नेत्र ज्योती संघका सभापति भागवत राउतले जानकारी दिए । उनले भने, ‘हरियाली क्षेत्रकोरुपमा विकास गर्न प्रत्येक घर तथा खाली जग्गामा बृक्षारोपण गर्ने सरकारी लक्ष्य पनि छ, त्यसलाई सार्थक बनाउन पनि हामीले खाली रहेको जग्गाको उपयोग गरेका हौ ।

‘प्रियजनको सम्झनामा विरुवा रोपेपछि त्यसको हेरचाहका लागि उ आफै बाध्य हुनेछ, सभापति राउतले भने, ‘स्मृतिलाई मलजल गर्नु उसैको दायित्व भएकाले, संरक्षण पुग्ने छ । बोटविरुवा संरक्षणका लागि सबै व्यक्ति नियमित आउन नसक्ने भएकाले सुरुमै जनही एक हजार रुपैँया लिई एक जना कामदार पनि राखिएको संघका सदस्य कृष्णकुमार भण्डारीले बताए ।

कार्यक्रममा मन्त्री चौधरीले रोपिएका विउँको संरक्षण र सम्र्बद्धनका लागि ध्यान दिनु पर्ने बताईन् । उनले बृक्षारोपणले उजाड क्षेत्र र लोपन्मुख बिरुवाको संरक्षण र संवद्र्धनकासाथै हरियालीमा परिणत हुने हुँदा सबैले अपनत्व लिनु पर्र्नेमा जोड दिईन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.